२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ लहान अस्पतालको एम्बुलेन्स संचालनमा नआएपछि स्थानीय सेवाग्राहीलाई सास्ती

लहान अस्पतालको एम्बुलेन्स संचालनमा नआएपछि स्थानीय सेवाग्राहीलाई सास्ती

सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा नआएपछि स्थानीय सेवा ग्राहिलाई सास्ती खेपनु परेको छ।समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडीनै एम्बुलेन्स र शब बहान राम कुमार उमा प्रसाद स्मार्क अस्पताल लहान लाई पठाएको थियो।

स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस् भन्ने मन्त्रालयले अस्पताल लाई एम्बुलेन्स र शब बहान दिएका हो ।करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेको छ।अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहाले कार्यरत रहदा एम्बुलेन्स र शब बहानको प्रकृया अगाडि बढाई मन्त्रालय सँग एम्बुलेनस र शबबहान गाडी माग गरेका थिए।

मेसु कुशवाहाले मागको प्रकृया अगाडि बढाएको केही महिना लगत्तै डाक्टर कुशवाहा लाई कलैया अस्पतालमा सरुवा गरिएको थियोे। सरुवा भएको एक महिना नबित्दै मन्त्रालयले एम्बुलेन्स र शब बहान पठाएको छ।डाक्टर कुशवाहालाई सरुवा गरिए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डल कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभाव कारी सेवा सुधार र अस्पताल बिकास र अस्पतालको स्तरउन्ती राम्रो, ब्यबस्थापनको लागी पठाएका छन् तर काम नभएर विपरीत भएको स्थानीयको आरोप रहेको छ। बिकास हुनु भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अवस्थामा पुगेको छ।

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पतालबाट सेवा सुबिधा मात्र लिने गरेको तर काम केहीनै देखिएको छैन। तर उनीहरुको अस्पताल बिकासमा केहि चासोनै नरहेको पुष्ठि हुँदै गएको छ।एम्बुलेन्स र शब बहान संचालन नहुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ।

अस्पतालमा राम्रो ब्यबस्थापन नहुँदा नर्मल बिरामीहरुलाई लहानका अधिकांश निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए।

अहिले अस्पतालको अवस्था निकै खसकिएको अवस्था रहेको छ । स्वास्थ जस्तो संबेदनसिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार एम्बुलेन्स र शब बहान त मन्त्रालयले पठाएको हो तर गाडीमा काम बाकी नै रहेको छ, त्यो काम को लागि गाडीलाई गाईरेजमा पठाको जानकारी दिए। अस्पतालमा केही कर्माचारीको पद पुर्ति र एम्बुलेन्स र शब बहान चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको र छिटैनै संचालनमा ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु