२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ लायन्स क्लब अफ काठमाडौं तथा विभिन्न सस्थाहरुको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं तथा विभिन्न सस्थाहरुको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र बहादुर भट्टको सकृयता, मनास्लु टुरिजम,मनास्लु गोरखकाली र मनास्लु भिजन द्वारा संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

साथै आजको रक्तदान कार्यक्रमा संस्थाको अध्यक्ष लायन इन्द्र भट्टले पहिलो रक्तदान गर्नुभएको थियो। रक्तदान कार्यक्रममा ७ जना महिला Donor र ३५ जना पुरुष Donor गरि जम्मा ४२ जनाले रक्तदान गर्नु भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने Chief Guest लायन बालकृष्ण बुर्लाकोटी Blod donation डिपार्टमेंट चिफ लायन शिवराम फुयाल ,बिष्णु हरी फुयाल, डिपार्टमेण्ट चिफ लायन मनुश्री रत्न बज्राचार्य ,रिजन चियर पर्सन लायन तारानाथ लामिछाने ,जोन चियर पर्सन लायन भिम प्रसाद काप्री , डिस्टिक चियर पर्सन लायन राजन प्रसाद काप्री लगायत सम्पूर्ण सहयोगी प्रति अध्यक्ष भट्टले धन्यवाद ब्यक्त गर्नु भयो।

मंगलबार भएको रक्तदान कार्यक्रममा रामहरि भट्ट फाउन्डेसन र सगुन क्याफे नयाँबजार ले सह-आयोजना गर्नुभएको थियो भने क्लबका क्लब सर्भिस चियर पर्सन लायन अनिल ढकाल र डाइरेक्टर लायन प्रकाश सिंह क्षेत्रीले क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो।

सम्पूर्ण क्लबका अध्यक्ष लगाएत PVST साथीहरू तथा सम्पूर्ण आदरणीय रक्तदाताहरू साथै कान्तिपुर हस्पिटलका डाक्टर,नर्स सहयोगी तथा महानगरिय प्रहरी बृत सोह्रखुट्टेका सुरक्षाकर्मी प्रति संस्थाले विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु