गृहपृष्ठ लिबियामा ड्यानियल आँधीले कम्तीमा २० हजार मानिसको ज्यान गएको आंशका
लिबियामा ड्यानियल आँधीले कम्तीमा २० हजार मानिसको ज्यान गएको आंशका

लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ।
पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधचका अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ।
दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन्।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टीभीलाई उनले बताएका छन्।
बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तर्राष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन्। बाढीले भत्काएका सडकका चेप र खोँच तथा समुद्र किनारमा पुर्याएका शव निकाल्ने काम भइरहेको छ।
लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन्।