२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ लिस्बनमा दमौली फुटबल कप हुने

लिस्बनमा दमौली फुटबल कप हुने

चक्र गुरुङ ,लिस्बन:बडादशैं तथा शुभदीपावलीको पावन अवसरमा दमौली फुटबल क्लबले सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता ‘दमौली फुटबल कप २०२३’ आयोजना गर्ने भएको छ।

आगामी १, अक्टोबरमा लिस्बन, ओलाइसको भिटोरिया दि क्लबको खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ।

पोर्चुगललाई आधारभूमि बनाएर स्थापना भएको नेपाली समूदायको क्लबहरुसहित युरोपको स्पेन, माल्टा, बेलायतलगायतका मुलुकहरुबाट प्रतियोगितामा सहभागीता रहने आयोजकले जनाएको छ।

दमौली फुटबल कपको विजेताले २ हजार १ सय ११ युरो तथा उपविजेताले १ हजार १ सय ११ युरो सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र सर्वोत्कृष्ट गोलकर्तालाई विधागत पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष खिम दरैले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु