गृहपृष्ठ लुम्बिनीमा पोख्रेल भए पुनः मुख्यमन्त्री
लुम्बिनीमा पोख्रेल भए पुनः मुख्यमन्त्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
आजै विहान मात्र पदबाट राजीनामा दिएका उनले १२ घण्टा पनि नबित्दै पुनः नियुक्ति पाएका हुन्।