२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ लुम्बिनी प्रदेशमा एमाले एकल सरकार बनाउने योजनामा,मुख्यमन्त्रीको राजिनामा त्यसैको संकेत

लुम्बिनी प्रदेशमा एमाले एकल सरकार बनाउने योजनामा,मुख्यमन्त्रीको राजिनामा त्यसैको संकेत

नेपालको राजनीति सरगर्मी यतिखेर पेचिलो बन्दै गैरहेको छ।सबै पार्टीका आ-आफ्ना दाउ छन्।कतिखेर कता समीकरण बन्ने वा भत्किने कुनै निश्चित दायरा भने देखिदैन।

सबैका आफ्ना स्वार्थअनुकुलका दाउपेच छन्।लुम्बिनी प्रदेश सरकार पनि पछिल्लो समय चर्चाको केन्द्रबिन्दुमा छ।सरकार टिकाउनेका आफ्नै योजना छन् भने गिराउनेका फरक धारणा छन्।

आजनै प्रदेशसभामा अविस्वास प्रस्तावको बिषयमा छलफल हुने समय तय भएको बताइएको थियो।तर अकस्मात प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन्।अबको बाटो के हुन्छ वा सरकार कसरी बन्ला भन्ने बिषय स्पष्ट खुलेको छैन।यद्यपि वर्तमान सरकारको नेतृत्व गरिरहेको एमालेको योजना भन्ने एकल सरकार बनाउने रहेको छ।

यसरी एकल सरकार बन्न सक्छ…

लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भइसकेका छन्। हाल यो प्रदेशमा ८१ सदस्यमात्र छन्। जसमा नेकपा एमालेका ४१ सांसद रहेका छन्। एमालेका सांसदमात्र एकातिर रहेको खण्डमा मुख्यमन्त्री पोख्रेलको एकल सरकार बन्छ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु