गृहपृष्ठ लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा आठौं अधिवेशन आव्हान
लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा आठौं अधिवेशन आव्हान

पछिल्लो चर्चामा रहेको लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेस गर्न बजेट अधिवेशन बोलाइएको हो।
विपक्षी गठबन्धनले बजेट पास हुन नदिन कडाइकासाथ लाग्ने जनाएको छ।यद्यपि त्यो कदम सहजै सफल हुने भने देखिएको छैन।