गृहपृष्ठ लोक दोहोरी गायक बिन खातीले पोर्चुगल तताउने
लोक दोहोरी गायक बिन खातीले पोर्चुगल तताउने
पोर्चुगल को नेपालीलाई चर्चित गायक बिन खाती ले सोमबार राती भर पुर मनोरञ्जन दिने
लोक तथा दोहोरी गायक बिन खाती लिस्बन आउने भएका छन् । उनको उपस्थितिमा दोहोरी घम्साघम्सीको आयोजना गरिएको छ ।
खातीले कार्यक्रममा कान्छी यसै त राम्री, जोडी ढुकुर देख्दा रुन्छ मन, लैजान्छु नानीलाई (पञ्चे बाजा), मेरो घरको आँगन, चिटिक्कै परेकी, चरी उड्यो भुरुरुलगायतका उनका गीतहरु प्रस्तुत गर्ने छन् ।
गायक खातीसँगै लिस्बनमा रहेका नेपाली कलाकारहरुले पनि कार्यक्रममा दोहोरी जमाउनेछन् ।
कार्यक्रम मार्टिम मुनिजबाट हस्पिटल साओ जोजे जाने गेटसामुन्ने रहेको लभ लिस्बन रेष्टुरेन्टमा हुने बताइएको छ । तनहुँँ समाज र नेपाली जनसम्पर्क समिति पोर्चुगलले कार्यक्रमको आयोजना गरेका छन् । सह-आयोजकमा लोक तथा दोहोरी गीत प्रतिष्ठान पोर्चुगल शाखा रहेको छ ।
फेब्रुअरी १० तारिख सोमबार राती ८:०० बजेबाट दोहोरी घम्साघम्सी शुरु हुनेछ । कार्यक्रममा सहभागी भइ भव्य रुपमा सफल पारिदिनका लागि पोर्चुगल रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई आयोजकहरुले अनुरोध गरेका छन् ।