२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ वरिष्ठ गीतकार रत्नशमशेर थापाको असामयिक निधन

वरिष्ठ गीतकार रत्नशमशेर थापाको असामयिक निधन

नेपाली गीत संगीतका मुर्धन्य श्रस्टा एवम् गीतकार रत्नशमशेर थापाको निधन भएको छ। बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु