गृहपृष्ठ वामदेवको निष्कर्ष ,पुनः नेकपाको एकतानै रास्ट्रको आवश्यकता
वामदेवको निष्कर्ष ,पुनः नेकपाको एकतानै रास्ट्रको आवश्यकता

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले विघटित नेकपा ब्युताउने प्रस्ताव गरेका छन्।शनिबार बसेको रास्ट्रिय अभियानको बैठकमा उक्त प्रस्ताव गरेका हुन्।
शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले वार्ता कमिटी बनाउने उदघोष गरेका छन्। उनले भनेका छन्, ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं।’
जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उनले बताएका छन्।
यो सम्भव नभए एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ।’
नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएको भएका सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सारेका छन्।
दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ।’