२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ वामीटक्सार हटिया मोटरबाटो तत्काल कालोपत्रे:सांसद पौडेल

वामीटक्सार हटिया मोटरबाटो तत्काल कालोपत्रे:सांसद पौडेल

वामीटक्सार हटिया मोटरबाटो तत्काल कालोपत्रे:सांसद पौडेल।
रामकृस्ण कंडेल,का२बाग्लुड.क्षेत्रनं२का संघिय सांसद देबेन्द्र पौडेलले वामीटक्सार हटिया मोटरबाटो तत्काल कालोपत्रे गरिनु पर्ने बताऊनु भएको छ।संस्कृति संरक्षण मन्च कॉडेबासको १९औं बार्षिकोत्सब समारोहमा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तब्य राख्दै सांसद पौडेलले दुई जिल्ला गुल्मी र बाग्लुड.जोड्ने यस सडकको निकै महत्व रहेको भन्दै यस लाई कालोपत्रे गर्न जरूरी रहेको भनाई ब्यक्त गर्नु भएको हो।संबोधनको क्रममा प्रमुख अतिथि पौडेलले आफुहरूले जनताको समृद्धिको कुरा गरेका छौं। त्यो पुरा गरेर छोड्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो।आफ्नो निर्बाचन क्षेत्र भित्र सडक,शिक्षा,बिधुत,खानेपानीका समस्या हरू रहेको र ती आफ्नो पहलमा पुरा गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो।


कार्यक्रमका बिशिस्ट अतिथि ताराखोला गॉऊपालिका अध्यक्ष प्रकाश घर्तीले शुभकामना मन्तब्य राख्दै कॉडेबास क्षेत्रमा बिकासको लागि अगाडि बढीरहेको बताऊनु भयो। साथै यस क्षेत्रले चालेका सबै काम हरू सफल हुने ठोकुवा समेत गर्नु भयो।
कार्यक्रममा गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे,गनपा८का वार्ड अध्यक्ष रामप्रसाद कंडेल,गनपा९का वडा अध्यक्ष डम्बर श्रिस लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
समापन कार्यक्रममा रास्ट्रिय कलाकार हरु कुलेन्द्र बिश्वकर्मा,जुना श्रिस लगायतको सांगितिक प्रस्तुति रहेको थियो।


यस मंचले २०६३ साल देखी खेलकूद क्षेत्रमा पनि यस क्षेत्रका खेलप्रेमी एवं लोक संस्कृति प्रेमी कलाप्रेमीहरुलाइ सहभागी गराएर खेलकूद र मौलिक कला क्षेत्र को बिकासमा पनि सहयोग पुर्याउदै आएको छ । फागुन ६ देखी सुरु भएको र आज१० गते यसको औपचारिक उदघाटन एवं बिबिध कार्यक्रम सहित समापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु