Covid-19
City Express

वामी विश्व सम्पर्क मञ्चले ‘डोनर किंग’घोषणा गर्ने



माघ,२
वामी विश्व सम्पर्क मञ्चले ‘डोनर किंग अफ द ईयर’घोषणा गर्ने नौमती बाजा महोत्सव तथा साँस्कृतिक समिति ०७७का अध्यक्ष बैकुन्ठ रायमाझिले बताऊनु भएको छ।वामी विश्व सम्पर्क मञ्च सॉस्कृतिक बिभागको लागी नियमावली निर्माण गरिएको र उक्त नियमावलिमा डोनर किंग घोषणा गर्ने ब्यबस्था मिलाईएको अध्यक्ष रायमाझिले बताऊनु भएको छ।अध्यक्ष रायमाझिका अनुसार सॉस्कृतिक कोष निर्माणको लागि रु ३ लाख भन्दा बढी सहयोग गर्ने सहयोग दाता हरू लाई ‘डोनर किंग’मानिने छ।डोनर किंग लाई डोनर किंग अफ द ईयर’घोषणा गरि नौमती साँस्कृतिक आजिबन बिशिष्ट संरक्षक को स्वर्णाक्षर कदर पत्र को साथमा बिषेश साँस्कृतिक अवार्ड समेत ले विभुषित गरिने छ।त्यस्ता महान दानबिर ब्यक्तित्व हरु को स-सम्मान नौमती बाजा बजाउँदै कार्यक्रम स्थल मा पुर्याई उच्चकोटिको स्वागत सम्मान गरिने’संस्थाका महासचिब हेमनाथ खरेलले बताऊनु भएको छ।महासचिब खरेलले दिएको जानकारी अनुसार नियमावली निर्माण भई कार्यन्वयनको चरणमा रहेको समेत बताऊनु भयो। तेस्रो नौमती बाजा महोत्सव तथा साँस्कृतिक कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गर्नका लागि तयारी हरू तिब्रताका साथ अगाडि बढाईएको समेत महासचिब खरेलले बताऊनु भयो।आगामी कार्तिक १७ र१८ गते गुल्मीको वामीटक्सार बजारमा आयोजित नौमती बाजा महोत्सब तथा बिबिध सॉस्कृतिक कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गर्नका लागि आफु हरू प्रतिबध्दताका साथ अगाडि बढेको खरेलले जानकारी दिनु भयो।
निकै मिहिनेतका साथ संस्थाको लागि नियमावलीको मस्यौदा तयार गरी महत्वपूर्ण सहयोग गरेकोमा संस्थाका सल्लाहकार प्रा•डा•जिबलाल सापकोटा लाई अध्यक्ष बैकुन्ठ रायमाझिले आभार ब्यक्त गर्नु भएको छ।प्रा.डा.सापकोटाले तयार गरी संस्थाले अपनत्व ग्रहण गरेको नियमावलिमा मुख्यरूपमा १४बुदा हरू रहेको बताईएको छ।नियमावलीले सॉस्कृतिक समिती,सॉस्कृतिक कोष,नौमती बाजा महोत्सब,आगामी कार्यक्रम सन्चालनार्थ बिधी हरू आदि बारेमा प्रस्ट रूपमा लेखिएको छ।नियमावलि तयार भई कार्यन्वयन भई सकेकोले नौमती बाजा महोत्सव तथा साँस्कृतिक समिति लाई काम गर्न निकै सजिलो भएको देखिन्छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु