२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ बिचारसँग बिचार मिलोस,मनसँग मन मिलोस तर कोरोना कहिल्यै नमिलोस

बिचारसँग बिचार मिलोस,मनसँग मन मिलोस तर कोरोना कहिल्यै नमिलोस

कोरोना भाइरसले उब्जाएको चिन्तन

विश्व यतिखेर कोरोना महामारीबाट आक्रान्त छ।चिनबाट शुरु भएको यो रोग अहिले युरोप,अमेरिका ,अस्ट्रेलिया ,अरब रास्ट्र लगायतका देशहरुमा फैलिसकेको छ।हरेक पल कोरोना संक्रमणबाट यति संख्यामा मानिसको ज्यान गयो र संक्रमित संख्या बढेको खबर विभिन्न मिडिया र सामाजिक संजालमा आइरहेको हुन्छ।

जसरी सानो झिल्काबाट आगो क्षणभरमा फैलिन्छ,त्यसैगरी अहिले आगोको स्वरुपमा कोरोना भाइरसले तहल्का मच्चाएको छ।चिनपछी युरोपको ईटलीमा शुरु भएको थियो कोरोना भाइरस (नोबेल कोभिड-१९)।जतिखेर उक्त देशमा कोरोना शुरुवात हुँदै थियो,त्यहाँका बासिन्दाहरुले खासै वास्ता गरेनन् ।

सरकारले गरेको लकडाउनमा त्यहाँका जनता खुलेआम सडक,मैदान,समुन्द्री किनारमा मस्ती गरीरहे।जब कोरोना भाइरस उकालो चढ्दै गयो,तब उनिहरुमा केही चेतना बढ्दै गयो।त्यतिखेर धेरै ढिला भैसकेको थियो।बुढाबुढीदेखि -युवायुवती र बालबच्चा सम्म कोरोनाले च्याप्दै गयो।

हरेक गाउँ ,हरेक ठाउँ ,हरेक शहर,हरेक गल्ली कोरोना ग्रस्त हुन पुगे।कसैले बुवाआमा गुमाउनु पर्यो त कसैले अकालमै कलिलो छोराछोरी गुमाउनु पर्यो।त्यो घाउ अझै मेटिएको छैन।केही मत्थर मात्र भएको अबस्था छ।आज हरेक मानिसमा डर र त्रासको बादल मात्र मडारीएको छ।कतै मेरो साथिलाई पो लागेको छ कि!

कतै परिवारको सदस्यलाई पो लागेको छ कि!पल्लो घरमा खोकी लागेको आवाज आउँदा पनि कतै कोरोनाले पो छोयो कि!यस्तै -यस्तै भाव र चिन्ताले अहिले आम मानिसलाई पिरोलेको छ।साउदी अरबका राम खत्री भन्छन् “नेपाल रहेका बुवाआमालाई फोन गर्दा बिगतमा पैसा कहिले हाल्दिनछस् बाबु भन्ने गर्नु हुन्थ्यो ,अहिले पैसा हैन बाबु जिउदो ज्यान लेर आउ भन्नुहुन्छ”।

यस्तैगरी ६ महिनाअघि पोर्चुगल आएका भरत भट्टराईको अनुभवमा यस्तो छ।”पहिला काम नपाएर चटारो भो ,अहिले आएर ज्यान जोगाउन हतारो छ”।वेलायतका नारायण थापा पनि चिन्तित देखिन्छन्।कोरोना भाइरसका कारण त्यहाँका प्रधानमन्त्री देखि उच्च अधिकारी सम्मलाई आइसोलेसनमा राखीएको छ।उनले चिन्तित मुद्रामा भने “अहिले यहाँका नेपालीहरु मनोबैज्ञानिक डर र त्रासमा बाचिरहेका छन् ।कतिखेर कहाँ कसलाई के हुने हो सोच्नै गाह्रो भैरहेको छ”।

अहिले सारा मानिसहरु प्राथना गरीरहेका छन् ताकी धन सिद्धिए सिद्धियोस तर ज्यान ज्योगियोस भन्दै अँलाप गरिरहेका छन् ।आजभोलि सबैको दिमागमा भयको तरंग पैदा भएको छ। सधै बिचार मिलोस, तन मिलोस,मन मिलोस तर कोरोना भाइरस कहिल्यै नमिलोस भन्दै याचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु