२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा कम्तीमा ७ नेपाली घाइते

विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा कम्तीमा ७ नेपाली घाइते

प्यालेस्टाइनमा रहेको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा त्यहाँ रहेका नेपाली पनि घाइते भएका छन्।शनिबार बिहान हमासले हजारौंको संख्यामा इजरायलतर्फ रकेट आक्रमण गरेको थियो।

आक्रमणपछि सुरक्षाका लागि बङकरमा छिरेका नेपालीमाथी बन्दुकधारीले आक्रमण गरेका थिए।घाइते भएका नेपाली अध्ययनको सिलसिलामा इजरायल पुगेको बताइएको छ।

त्यहाँ रहेको फायर वेस्टर्न युनिभर्सिटीमा ती नेपालीहरूले अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक प्रसाद वलीले जानकारी दिए।

नेपाली राजदुतावास इजरायलले त्यहाँ रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

स्रोत:प्रवास खबर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु