२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ विवाहको अन्तिम तयारीमा रहेकी रमिताको टिप्परले किचेर मृत्युु

विवाहको अन्तिम तयारीमा रहेकी रमिताको टिप्परले किचेर मृत्युु

२० बर्षे कलकलाउदो जवानी ,सपनाहरु धेरै बुनिएका थिए,जीवन रंगीन बनाउने दौडमा पक्कै थिइन् रमिता भट्ट तर अपसोच दैबले उनको जीवन बिचबाटोबाटनै टपक्कै टिपेर लग्यो।बिहेको कार्ड बाडेर खुशी हुँदै साइकलमा यात्रा गरेकी रमिताको अकालमै दैब बन्यो टिप्पर। महेन्द्रनगरको भाँसी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । दशरथ चन्द नगरपालिका–१ गुरुखोला घर भएर पढाईका शिलशिलामा महेन्द्रनगर बस्दै आएकी रमिताको टिप्पर चालक जयराज पनेरुको लापर्बाहीका कारण घटनास्थलमै मृत्यु भएको हो । मृतक युवती जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत हुन् । यहि माघको १३ गते मृतक भट्टको विवाहको तयारी चल्दै गरेको परिवार स्रोतले जनाएको छ । आफ्नै विवाहको कार्ड वितरणबाट डेरामा फर्कने क्रममा टिप्परले रमिताको ज्यान लिएको हो।
जोशी विल्डर्स एण्ड कस्ट्रक्सनको उक्त टिप्परले ठक्कर दिदा विवाहको तयारीमा रहेकी रमिताको अकालमै ज्यान गएको परिवारले जनाएको छ । रमिताको महेन्द्रनगरमै बिहेको तयारी चलेको थियो ।
टिप्परको ठक्कर पछि महेन्द्रनगर पुरै तनावग्रस्त बनेको थियो । टिप्पर चालक पनेरुलाई भने नियन्त्रमा लिइएको प्रहरी प्रवक्ता चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु