गृहपृष्ठ विश्वकप क्रीकेट :बंगलादेशद्वारा अफगानिस्तान ६ विकेटले पराजित
विश्वकप क्रीकेट :बंगलादेशद्वारा अफगानिस्तान ६ विकेटले पराजित

भारतमा चलिरहेको विश्वकप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । धर्मशालामा भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्यो ।
धर्मशालामा टस हारेर पहिले ब्याटिङ गरी अफागनिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि मेहदी हसन र नाम्जुल हुसेन सान्तोले अर्धशतक बनाए । मेहदी हसन ५९ रन बनाएर आउट भए भने सान्तोले नटआउट रनको योगदान गरे।
यसअघि अफगानिस्तान बंगलादेशको बलिङ सामू टिक्न सकेन र ३७ ओभर २ बलमा १५६ रन बनाउँदै अल आउट भयो ।११२ रनमा तीन विकेट गुमाएको अफगानिस्तानले थप ४४ रन जोड्दा बाँकी ७ विकेट गुमायो । मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमायो ।
अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए । अन्तिम तीन विकेट उसले १५६ रनको स्कोरमै गुमायो । बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन–तीन विकेट लिए।