२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ विश्वकप टि.२० :भारतको लज्जास्पद हार ,इंग्ल्याण्ड पुग्यो फाइनलमा

विश्वकप टि.२० :भारतको लज्जास्पद हार ,इंग्ल्याण्ड पुग्यो फाइनलमा

ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो। 

एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो। इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे।

हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले। 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए। 


विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए। 

अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु