२०७८ वैशाख ८ गते बुधवार | April 21, 2021

Bharat Poudel

गृहपृष्ठ विश्व खुशी रिपोर्टमा नेदरल्यान्ड्स छैटौँ श्रेणीमा

विश्व खुशी रिपोर्टमा नेदरल्यान्ड्स छैटौँ श्रेणीमा

२०२० को विश्व खुशी रिपोर्टमा नेदरल्याण्ड्स अघिल्लो सर्बेक्षणमा पाचौं श्रेणीबाट एक श्रेणी तल खसेर छैटौॅं श्रेणिमा परेको छ। तर पनि जर्मनी, बेल्जियम र बेलायतलाई पराजित गर्दै शीर्ष १० स्थानमा पर्न सफल भएको छ।

विश्व सुखी रिपोर्ट २०२० मा आफ्ना नागरिकहरूले आफूलाई कत्ति खुसी भएको महसुस गरेका छन् भन्ने सर्बेक्षण अनुसार विश्वभर १५६ देशहरु थिए। २०२० को रिपोर्टको आठौं संस्करणमा “खुशीका वातावरणहरू” भन्ने विषयवस्तु राखिएको थियो। यसमा २०१७, २०१८ र २०१९ को सर्वेक्षणको डेटालाई निर्णायक श्रेणीमा राखिएको थियो।

खुशीमा प्रभाव पार्ने कारणहरु प्रति व्यक्ति कुल घरेलु उत्पादन,आयु – संभाव्यता,उदारता,सामाजिक समर्थन,स्वतन्त्रता र भ्रष्टाचार सर्वेक्षण परिणामहरू प्रयोग गरेर त्यसलाई एक देखी दशौ श्रेणीमा रैंकिँग गर्न बिषय बस्तुहरु राखिएको थियो।

सन २०२० को रिपोर्ट अनुसार, संसारका १० सबैभन्दा सुखी निम्न देशहरू परेका छन्।
१) फिनल्याण्ड
२) डेनमार्क
३) स्विजरल्याण्ड
४) आइसल्याण्ड
५) नर्वे
६) नेदरल्यान्ड्स
७) स्वीडेन
८) न्युजिल्याण्ड
९) अस्ट्रिया
१०) लक्जमबर्ग

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु