२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ युरोपको शुभकामना तथा अन्तरक्रिया सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ युरोपको शुभकामना तथा अन्तरक्रिया सम्पन्न

शेरबहादुर परियार, युरोप, ३ मे । नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार संवाद तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

सत्ताइसौं विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको कार्यक्रम मा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुभकामना व्यक्त गर्दै भने “आजको विश्व प्रेस स्वतन्त्रता दिवसले संसारभरि छरिएर रहनु भएका तमाम पत्रकार साथीहरुलाई जनता, न्याय र स्वतन्त्रताको पक्षमा अझ खबरदारी गर्न उच्च मनोबल प्रदान गरोस्” ।साथै राज्यले पत्रकारको स्वतन्त्रता पूर्वक लेख्न पाउने अधिकार का विरुद्धमा विगत समयमा ल्याइएका कानुनी व्यवस्थाका विरुद्धमा पत्रकार महासंघ केन्द्रीय समितिले गरेका आन्दोलनमा जसरी संसारभरि बाट ऐक्यबद्धता र सहयोग भएको थियो त्यसैगरी आगामी दिनमा पनि त्यसको निरन्तर को अपेक्षा गरेको बताउँदै भविष्यमा पुनः प्रदेशहरुले बनाउने प्रेस स्वतन्त्रता सम्बन्धी कानुनहरु मा त्यस्ता अंकुश हरु आउन सक्ने सम्भावनालाई इंगित गरे ।

त्यसैगरी प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भए पनि समय समयमा प्रेस स्वतन्त्रता र पत्रकारहरु माथि अनेकौ अंकुश देखिएका छन ।सरकारमा बस्नेहरुमा सुझावलाई बिष र आलोचनालाई बिरोध ठान्ने संस्कार रहेको र पत्रकारले पनि आफ्नो पेशागत संस्कार र प्रेस स्वतन्त्रताको बढ्दो दुरुपयोग लाई पनि निस्तेज गर्न तर्फ सचेत हुनु पर्ने बताए ।साथै अहिलेको कोरोना को संकटको अबस्थामा स्वास्थ्यकर्मी र सुरक्षानिकाय संगै पत्रकार पनि फ्रन्ट लाइन मा रहेर काम गरिरहेको तर सरकारबाट पत्रकारलाई कुनै खास सेवा,सुविधा प्राप्त नभएकोमा असन्तुष्टि जाहेर गरे यद्यपि नेपाल पत्रकार महासंघ,न्युनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिल नेपाल को संयुक्त प्रयासमा कोरोना को अवधिमा बन्द भएका पत्रपत्रिका,रेडियोलाई केहि राहत दिने कार्यक्रमको लागि सरकारलाई सहमत बनाएको पक्ष भने सुखद रहेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने,कुवेत अध्यक्ष हरिकृष्ण न्यौपाने, कतार अध्यक्ष करिमबक्स मियाँ, युके अध्यक्ष नरेश खपाङ्गी, दक्षिण कोरिया अध्यक्ष रञ्जनराज कुँवर लगायतले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना सहित आ आफ्नो देशको अहिलेको अबस्था बारे जानकारी गराएका थिए। जुम एप प्रयोग गरि सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई ले गरेका थिए भने सञ्चालन सचिव द्रोण रिजालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु