२०७८ असोज १० गते आइतवार | September 26, 2021

Bharat Poudel

गृहपृष्ठ विश्व मगर संघको अध्यक्षमा लोक राना चयन

विश्व मगर संघको अध्यक्षमा लोक राना चयन

विश्व मगर संघ बेल्जियममा लोक राना अध्यक्षमा पुन:निर्वाचित हुनुभएको छ।

लुभेन स्थित ग्रोसरी हलमा अन्तरास्ट्रिय मगर महासंघका महासचिव बिरमान घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनबाट विश्व मगर संघ बेल्जियमको पाँचौं अधिवेशनबाट राना पुनःनिर्वाचित हुनुभएको हो।

हिजो सम्पन्न उक्त अधिवेशनबाट सर्बसम्मत रूपमा दोश्रो पटक पनि लोक रानामगर अध्यक्षतामा चयन हुनुभएको हो।

विभिन्न क्षेत्रीय संयोजक सहित पहिलो बैठकले बाँकी पदपुर्ति गर्ने र सल्लाहकारहरुको चयन गर्ने सहमति सहित२१ सदस्यीय कार्य समितिको चयन गरिएको छ भने अधिवेशनको हलबाट बिधान संशोधनका लागि नयाँ कार्यसमितिलाई जिम्मा समेत दिइएको छ।

अधिवेशनबाट निर्बाचन आयोग संयोजकमा बिरमान घर्ति मगर, सदस्यहरुमा नेत्र मगर, लाल पाईजा, साईमन आले दिल आले निर्वाचित हुनुभएको छ।

त्यस्तै नयाँ कार्य समितिको अध्यक्षमा लोक राना मगर, वरिष्ठ उपाध्यक्षमा निता बुदुज पुन, उपाध्यक्षमा बल बहादुर पुन, उपाध्यक्षमा कमला पुन, महासचिवमा खगेन्द्र पुन , सहसचिवमा शुशिला रोका, कोषध्यक्षमा नर कुमारी पुन , सहकोषाध्यक्षमा दिपक पुन, महिला संयोजकमा यमुना रोका मगर निर्वाचित हुनुभएको छ।

त्यस्तै, सदस्यहरुमा श्याम बुढा मगर, रिया थापा, मनकुमारि राम्जालि, क्षेत्र थापा, मकर पुन, निर्वासचत भएका छन्। साथै, आन्त्रोपेन संयोजकमा नैना पुन, गुन पुन, युवा संयोजकमा बसन्त राना, लुभेन संयोजक, ब्रुग्गे संयोजक , ब्रुसेल्स संयोजकहरु चयन हुनुभएको छ।

संस्थाको पाँचौ अधिवेशनको सन्र्दभमा शुभकामना दिँदै संरक्षक मार्के मगर , युरोप सयोजक नेत्र मगर, बरिष्ठ सल्लाहकार , लाल प्रसाद पाइजा, बिधान संसोधन समिति संयोजक तोइना आले र अन्तरास्ट्रिय मगर महासंघका महासचिव वीर मान घर्ति मगरले कार्यक्रम सफलता को शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।

मार्के मगरले बेल्जियम मगर संघको बारेमा, नेत्र मगरले युरोप मगर संघ तथा बिरमान घर्तीमगरले र अन्तराष्ट्रिय मगर महासंघका बारेमा आ–आफ्ना भनाई राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु