२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ शान्ती समाजको विरोध कार्यक्रम लहानमा सम्पन्न

शान्ती समाजको विरोध कार्यक्रम लहानमा सम्पन्न

सिरहाको लहानमा नेपाल मानव अधिकार तथा शान्ती समाजको विरोध कार्यक्रम सम्पन्न भएको छ। सिरहा शाखाको अध्यक्ष जानुका प्राजुलीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो।

लहानमा बमबिस्पोटको घोर निन्दा गर्दै दोषि उपर कडा कार्बाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए। म्यानमारमा जारी हिंसा बन्द गर ,आतंकबादी गतिविधि गर्ने लाई यथासिघ्र कारबाही गर ,बमबिस्पोट गराउने लाई उनमुकती पाउनु हुदैन भन्ने मुल नाराको साथ पेलेकार्ड बोकी लहानमा प्रदर्शन गरेका हुन्।

सबैले जिउने अधिकार सुनिश्चित गर, मानव अधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै प्रदर्शन गरेका थिए। सहिद चौकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न भएका थियो।

सबै मानिसमा शान्तिको अनुभुति होस्, सबैको बाच्ने अधिकार हो भन्ने मुल मर्म प्रदर्शनकारीको थियो भने उक्त विरोध र्यालीमा मानव अधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु