२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ शालिन नेता जोशी रहेनन्,उनको निधनले राजनीतिक क्षेत्र स्तब्ध

शालिन नेता जोशी रहेनन्,उनको निधनले राजनीतिक क्षेत्र स्तब्ध

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ। उनको निधनले राजनीतिक वृत्त पनि स्तब्ध बनेको छ।नेता जोशी लामो समयदेखि अस्पतालमा उपचाररत थिए।

मष्तिष्कघात भएपछि उनी काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए। जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको र उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको हो।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो। लगत्तै उनलाई वीरले नर्भिकमा रेफर गरेपछि भेन्टिलेटरको सहायतामा उपचार जारी राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु