२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ शिव अखेलीको भिर्नी झोलामा दर्शकको ओइरो,९२ लाख पटक भिडियो हेरे दर्शकले

शिव अखेलीको भिर्नी झोलामा दर्शकको ओइरो,९२ लाख पटक भिडियो हेरे दर्शकले

भिर्नी झोला सदाभार चर्चामा

शिव अखेलीको शब्द श्रीजनमा बजारमा आएको भिर्नी झोलामा दर्शकको घुइँचोनै लागेको छ।साधारण शब्द,मौलिकता र गाउघरको शैलिलाई गीतमा दुरुस्त उतारीएको सन्दर्भमा गीतलाई धेरै दर्शकले रुचाएका हुन् ।

झन्डै करोड कलबमा पुग्नै लाग्दा गीतको रौनकता दैनिक उकालो लागिरहेको छ।गीतमा झम-झम नाच्न मिल्ने शब्द र संगीतको मीठो संयोजननै गीतकालागी फलिफाप सिद्ध हुन पुगेको छ।

कृष्ण अखेलीको संगीतमा अखेलीकै आबाज रहेको छ भने गायिकातर्फ सरस्वती लामिछानेले स्वर दिएकी छन् ।चर्चित निर्देशक एवम् मोडल सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने अभिनय पनि स्वयं क्षेत्री र चर्चित मोडल रक्षा श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु