गृहपृष्ठ शोकमग्न साबित्रीको परिवार,१० दिनको बालक आमाको दुध खोज्दै
शोकमग्न साबित्रीको परिवार,१० दिनको बालक आमाको दुध खोज्दै

साबित्रा तिमिल्सिनाको घरमा सबै ठिकठाक चलिरहेको थियो।१० दिन अघि नयाँ सदस्यको रुपमा छोराको आगमन हुँदा घरका सबै सदस्यहरु खुशीनै थिए।
त्रीवि शिक्षण अस्पताल महाराजगन्जबाट सामान्य अवस्थामै बच्चालाई जन्म दिएकी साबित्राको स्वास्थ्य अवस्था पनि राम्रै थियो।नर्मल डेलिभरी भएको केही दिनपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको थियो भने लगत्तै काभ्रेमा रहेकोे घरमा लगिएको थियो।
घरमा छोराको आगमन भएको कारणले होला,साबित्राका सासु-ससुरा,श्रीमान,देवर ,नन्द लगायत सबैको अनुहारमा हर्ष छाएको थियो।साबित्रा पनि औधी खुशी भएकी थिइन्।छोरालाई काखी च्याप्दै दुध खुवाँउदा उनमा पनि बेग्लै आनन्द छाएको थियो।
छिमेकी ,आफन्त एवम् नातागोता भेट्न आउनेजाने क्रम चलिरहेको थियो।चारैतिर हर्षको माहोल थियो तर घरमा गएको २,३ दिन पछि भने बिस्तारै उनलाई असहज महशुस हुन थाल्यो। सुरुमा खोकी लागेको उनलाई टाउको दुख्ने र स्वासप्रस्वासमा समेत समस्या देखा पर्न थाल्यो।
सुत्केरीलाई चिसो लागेर होला भन्ने सोचेर तातोपानी ,ज्वानोको झोल,टिमुरको झोल लगायत सम्भव हुने उपयुक्त चिज घरपरिवारले सबै उनलाई खुवाए।गाउँमै रहेको क्लिनिक र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा पनि चेकजाँच गरियो।गाउँमा उपलब्ध सबै उपाय अपनाउदा पनि उनलाई निको हुने कुनै लक्षण देखिएन।
रोगले उनलाई थप च्याप्दै गयो।अवस्था जटिल देखिएपछि एम्बुलेन्समा राखेर बनेपामा रहेको धुलिखेल अस्पताल ल्याउदै गर्दा उनको बाटैमा निधन भैसकेको रहेछ।यद्यपि बचाउने आशमा परिवारले उनलाई अस्पतालमा त ल्यायो तर मृत शरीरलाई अस्पतालले कसरी बचाउन सक्थ्यो र!अस्पताल ल्याएको केही क्षणमै डाक्टरले मृत घोषणा गरे।उता १० दिनको दुधे बालक दुध खान खोजिरहेको थियो,आमाको न्यानो काखको अभावमा छटपटाइरहेको थियो।अबोध बालकको रुवाइले आफन्तहरु पनि आशु थाम्न सकिरहेका थिएनन्।
सबैका आँखाबाट आशुका थोपा झरीरहेका थिए।बालकको बुवा छटपटाइरहेका थिए। अबोध बालकको चिच्याहट पनि सुन्न सक्ने अवस्थामा थिइनन् साबित्री। यता बालक रोइरहेको थियो भने उता साबित्रीले संसार छोडिसकेकी थिइन्। अवस्था भावबिहलमा परिणत भएको थियो।सबै निराश र हतास थिए।
यता ९ दिनको दुधे बालक उता साबित्रीको अल्पायुमै निधन। कस्तो बिडम्बना! उनको पिसिआर परिक्षण गरिसकेपछी मात्र कोरोना संक्रमणबाट मृत्युु भएको पुष्टि भएको थियो।यस्तो अवस्था अरुलाई पनि आउन सक्छ।कृपया ध्यान दिउ,स्वास्थ्यमाथी हेलचेक्राइ नगरौं।धन-सम्पत्ति त भोलि पनि कमाइएला तर गुमेको जीवन फर्केर आउदैन।