२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ श्रीमतीले गरिन् श्रीमानको हत्या,हत्या आरोपमा ४ पक्राउ

श्रीमतीले गरिन् श्रीमानको हत्या,हत्या आरोपमा ४ पक्राउ

पतिको हत्या गरेको आरोपमा पत्‍नीसहित चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपमा २३ वर्षीया पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गत शुुक्रबार राति सुशिलाले देवर अनिलसँग मिलेर पतिको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। देवरसँग भाउजूको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइले मिलेर शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनीहरुलाई उदयपुरबाट पक्राउ गरिएको हो। घटनापछि दुईजनालाई फरार गराएको आरोपमा अन्य २ जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु