२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ संघ र प्रदेश सरकार निकम्मा भए,जनताका लागि काम गरेनन्:स्वतन्त्र नागरिक समाज

संघ र प्रदेश सरकार निकम्मा भए,जनताका लागि काम गरेनन्:स्वतन्त्र नागरिक समाज

स्वतन्त्र नागरिक समाज रुपन्देहीले समसामयिक विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

समाजका अध्यक्ष विश्वराज गैह्रेले एक प्रेस विज्ञप्ती जारी गर्दै समसामयीक विषयमा समाजको ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तीमा कोरोना महामारीबाट पीडित जनताहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

साथै कोरोनाको यो महामारीमा संघ र प्रादेशिक सरकारले काम भन्दापनि राजनितिमा बढि लागेकोले यसको औचित्य सकिएको समाजले जनाएको छ। साथै नागरिकता सम्बन्धी विषयमा अनागरिकलाई नागरिकता प्रदान नगर्न समाजले आग्रह गरेको छ।

साथै धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन व्यवस्था साथै नेपालको संरक्षणमा लाग्नको लागि आग्रह समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु