२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

बहुचर्चित कालापानी लिम्पियाधुरा र लिपुलेकको नक्सा सन्दर्भमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्सा अनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।

उक्त प्रस्ताव निर्णायथ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए। विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो। अब सरकारलाई मिचिएको भुमी फिर्ता ल्याउन थप बल पुगेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु