२०७७ चैत २९ गते आइतवार | April 11, 2021

Bharat Poudel

गृहपृष्ठ संसद बैठक फागुन २३ गते बस्ने

संसद बैठक फागुन २३ गते बस्ने

सर्बोच्च अदालतको फैसला पछि संसद बैठक फागुन २३ गते बस्ने भएको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना,संचार एवं प्रविधि पार्वत गुरुङले जानकारी दिए।

प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। विहीबार साँझ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए। अबको राजनीतिक अवस्था के हुने छ!त्यो हेर्न भने संसद बैठक कुर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु