२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ सबैतिर “के होला दवाईको”चर्चा

सबैतिर “के होला दवाईको”चर्चा

कोभिड १९को महामारीले विश्वनै आक्रान्त बनिरहेको अवस्थामा’के होला दवाई’ नामक गीतले यतिखेर नेपाली समुदायलाई राहत मिलेको छ।

लोक तथा दोहोरी गायन क्षेत्रमा चर्चाको शिखरमा रहदै आउनु भएका गुल्मीवासी वरिष्ठ लोक तथा दोहोरी गायक वमबहादुर कार्की र शिव आलेको दम्पतीले कोरोनाको औषधि खोज्दै निकै मार्मिक गित बजारमा ल्याऊनु भएको छ।

खोला पारी निरमाया वारी मरुने’, ‘पानको पात’ स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएको घटनाबारे निकालिएको ‘दास ढुंगा’लगायत लोकदोहोरी, लोकभजन, देउसीभैलो, तीज गीत लगायत विभिन्न जनचेतनामूलक गीत गाँउदै आउनु भएका वरिष्ठ गायक कार्की दम्पतीले यतिखेर बजारमा पस्किएको  ‘‘के होला दबाईले’नेपाली हरूको मन जितेको छ। 

गायक कार्की र गायिका शिवा आलेको संयुक्त आवाज रहेको उक्त गितमा गायक कार्कीकै शब्द रहनुका साथै उहाँकी श्रीमती गायिका आलेको संगीत रहेको छ ।उक्त गीतको भिडियो गायक कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

रेडियो नेपाल,बीबीसी नेपाली सेवा लगायत संस्था हरूमा कुशलता पूर्वक महत्वपूर्ण भुमिका निर्बाह गरेका कार्की दम्पतीको सांगितिक यात्रा थप कालजयी हुदै जाओस,यहि छ हाम्रो शुभ कामना!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु