२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

नेकपाका सांसद अग्निप्रसाद सापकोटा लामो रस्साकस्सिपछि सभामुखमा चयन भएका छन् ।आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो।यसअघि संसद सचिवालयमा सापकोटाको मात्र एकल उम्मेदवारी दर्ता भएको थियो।नेकपाका उम्मेदवार सापकोटालाई नेकपाकै नेता एवम् पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने समर्थकमा नेकपाकै संसदिय दलका प्रमुख सचेतक देव गुरुङ,पुर्व सभामुख ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्ण बसेका थिए।बिगत समयदेखिनै सभामुख तटस्थ बस्न नसकेको,राजनीतिक दलकै आग्रहमा काम गरेको भन्ने आरोप आइरहेकाबेला नवनिर्वाचित सापकोटालाई उक्त आरोप गलत साबित गराउने जिम्मेवारी आइसकेको छ।आगामी दिनमा सापकोटाले जिम्मेवारी कसरी पूरा गर्ने छन्, त्यो हेर्न भने केही समय पर्खनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु