गृहपृष्ठ सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले दिउँसो २ बजे बैठक बोलाएका हुन्।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्।
प्रधानमन्त्री ओली निकट नेताका अनुसार प्रतिनिधिसभा नै विघटन भईसकेको अवस्थामा पूर्व सभामुखले बोलाएको बैठकको केही औचित्य नहुने भन्दै नजाने बताएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका थिए।