गृहपृष्ठ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधे
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधे

जनता समाजवादी पार्टीको विवाद यतिखेर उत्कर्षमा छ।फुटको डिलमै पुगेको बेला पार्टीका दोस्रो अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्।
जेठ ८ गतेको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको जवाफ नआएको हुनाले दोस्रो पटक पुन: यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ दिन भनिएको छ।
यदि उक्त समयभित्र प्राप्त नभए राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५) ५० )१) र जेठ ८ मा भएको निर्णयको बुँदा ४ बमोजिम निष्काशनो समेत कारवाही हुने स्पष्टिकरण पत्रमा उल्लेख छ।