२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ समाजसेवी महेश र संगीताद्वारा गर्भवती महिलालाई पौष्टिक सामाग्री वितरण

समाजसेवी महेश र संगीताद्वारा गर्भवती महिलालाई पौष्टिक सामाग्री वितरण

गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन्।नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगिता कार्माचार्यद्धारा २१ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार र खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन्।

लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको रोहवरमा सामग्री वितरण गरेका थिए।सम्बन्धित वडाका महिला निर्वाचित जन प्रतिनिधि राम कुमारी दास लगायत समाजका सयौं व्यक्तीहरुको वितरण कार्यक्रममा सहभागीता रहेको थियोे।

समाजसेवि चौधरी र संगिताका अनुसार अहिलेको बालबालिका भोलिको लागि हाम्रो देशको कर्ण धार हुन्। गर्भ भित्र रहेको बच्चा अपाङ्ग कुपोशित नहोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो। राहत पाउदै स्थानीय खुशी हुँदै चौधरी र कार्माचार्यलाई धन्यवाद दिएका थिए।

लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर , मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको हो। राहत सामग्रीमा चामल १० किलो दाल १ किलो,नुन १ पोका चना, १ किलोचिनी, १ किलो खाने तेल, वितरण गरेका छन्।

उक्त सामाग्री एपोलो ॐ सेकेन्डरी स्कुल लहानले उपलब्ध गराएको थियो । पछिल्लो समय उनले सोही वडामा ४ पल्ट राहत वितरण गरीसकेका छन्। स्थानीय सरकारले गरीब र असहाय जनताप्रती चासो नदिएको स्थानीय एक पीडितले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु