२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ समाजसेवी संगीता कर्माचार्यद्वारा स्कुल बालबालिकाहरुलाई पोसाक सहयोग

समाजसेवी संगीता कर्माचार्यद्वारा स्कुल बालबालिकाहरुलाई पोसाक सहयोग

महिला संघकी केन्द्रिय सदस्य संगिता कार्माचार्यले बिद्यार्थीका लागि स्कुल पोसाक सहयोग वितरण गरेकि छिन्।

सिरहाको लहान नगरपालीका ११ स्थित रहेको पडरिया माबिका ५१ जना गरिब, पीडित, अपाङ्ग असहाय, दलित,जेहेन्दार बालबालिकाहरुलाई स्कुल पोसाक,कापी, पेन्सिल सहयोग गरेकी हुन्।

काङ्ग्रेस नेता महेश चौधरी र उनकी श्रीमती संगिता कार्माचार्यले संघीय राजधानी काठमाडौं स्थित रहेको लिटल एन्जल स्कुल र लहान स्थित रहेको एपोलो ॐ बोर्डिङ स्कुल लहानको सहयोगमा श्रीमान महेश चौधरी र श्रीमती संगिता कार्माचार्य ले ५१ जना बालबालिकाहरुलाई पोसाक को कपडा वितरण गरेका हुन्।

पोसाक ग्रहण गर्दा विद्यार्थी बालबालिकाहरु अत नै खुशी भएका थिए। यता स्कुलका प्रधानाध्यापक लगायत शिक्षक ,शिक्षिकाहरुले समाज सेबि चौधरी र कर्माचार्यले सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए।

पछील्लो समय उनले गरेको काम निकै चर्चाको शिखरमा रहेको छ। उनी सिरहामा निकै चर्चा र लोक प्रियता कमाएका व्यक्ती हुन्। केही दिन अगाडि उनले गोलबजार निपनियाका पीडित परिवारलाई चामल, तेल, नुन समेत सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु