२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ समुन्द्रमा डुबेर ज्यान गुमाएका सिद्धान्त गुरुङको शनिबार अन्तिम दाहसंस्कार गरिने

समुन्द्रमा डुबेर ज्यान गुमाएका सिद्धान्त गुरुङको शनिबार अन्तिम दाहसंस्कार गरिने

केही दिन अघि समुन्द्र डुबेर ज्यान गुमाएका सिद्धान्त गुरुङको भोलि शनिबार अन्तिम दाहसंस्कार गरिने भएको छ।

पोर्चुगलको कानुनी प्रक्रिया मिलाउन ढिलाइ भएका कारण मृतक गुरुङको दाहसंस्कारमा पनि ढिलाइ भएको थियो।

शुक्रबार मात्रै उनको कानुनी प्रक्रिया पूरा भएकाले शनिबार दाहसंस्कार गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ।दाहसंस्कारमा सामाजिक दुरी कायम गरी सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

उपस्थितिको लागि उनका आफन्तद्वारा स्थान र समय निम्नानुसार उल्लेख गर्दै जारी गरिएको सूचना यसप्रकार छ:

श्रद्धाञ्जलीका लागि अनुरोध: 

गत जून १७ तारिक २०२० का दिन बेपत्ता भएका सिद्धान्त गुरुङको निधन भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। पोर्चुगलको कानूनी प्रकृया ढिलाईका कारण उहाको शव दाहसस्कार कार्यमा पनि ढिलाई भएको थियो।

आज सबै प्रकृयाहरु पुरा भएकोले भोली सिद्धान्त गुरुङको शव दाहसंस्कार गरिने कार्यक्रम रहेकोले समय अनुकुल हुने महानुभावहरुले देहायको ठेगानामा उपस्थित भै सिद्धान्त गुरुङको पार्थिव शरिरमा श्रद्दान्जली अर्पण गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।

समय : मध्यानह १२:०० बजे
स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिज        (फ्यूनिराल कापुसोको ठीक अगाडि )                        दाहसंस्कार गरिने समय : भोली दिनको ठीक २ बजे

नोट : पोर्चुगल सरकारको कोरोना संक्रमण नियन्त्रण निती अनुसार १० जना भन्दा बढी मानिसहरु एक ठाउमा जम्मा हुन नमिल्ने भएकोले नियमलाई ख्याल गरिदिनु हुन समेत बिनम्र अनुरोध गर्दछौ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु