२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ सम्बन्ध बनाउन सहज तर जोगाउन कठिन

सम्बन्ध बनाउन सहज तर जोगाउन कठिन

सम्बन्धमा आउने दरार

सम्बन्धको आकार वा प्रकार धेरै हुने गर्दछन्।कुनै दृश्यमा देखिनेगरि हुन्छन् भने कतिपय अदृश्यरुपमा पनि गाँसिएका हुन्छन् ।आज हामी प्रेम सम्बन्ध ,प्रेम पछि बैबाहिक सम्बन्ध र तद्पश्यात उत्पन्न परिणामका सन्दर्भमा चर्चा -परिचर्चा गर्ने जमर्को गरेका छौ। प्रेम शब्द आफैमा प्रिय शब्द पनि हो।प्रेमलाई कसि लगाउन वा फुलबुट्टा भर्नु पर्दैन भन्ने चलन पनि यदाकदा रहिआएको छ। परापूर्वकालमा बुढापाकाले भन्ने गर्थे।धेरै नजर नलगाउ केटा-केटि हो माया जालमा परौला नि।

यस्तै- यस्तै शब्दहरुमा बुढा-पाका बहकिन्थे।माया भन्ने शब्द यस्तो हो जसको कुनै मापदण्ड हुँदैन।जात-भात,लिंग,क्षेत्र ,धर्म ,भुगोल वा सम्बन्धले प्रेमलाइ छेकबार गर्दैन।वास्तवमा प्रेमका अगाडि सबै बिषय गौण हुन जान्छन्।

यामसुन्दर बुर्लाकोटी आफ्नो बैबाहिक जीवनी सन्दर्भमा यसरी स्मरण गर्दछन्।”मेरो बाजेको त पधेरामा पानी लिन जाने क्रममा बजैसँग प्रेम सम्बन्ध स्थापित हुन पुगेछ र भागेर बिबाह गर्नु भएछ”। उनी अगाडि थप्छन् “मेरो सम्बन्ध पनि बसमा यात्राका क्रममा स्थापित भएको थियो। जतिखेर म धनगढीबाट काठमाडौं उच्च शिक्षाका लागि जाँदै थिए, त्यतिखेर मेरो अर्धागिंनीसँग बसमा भेट भएको थियो।हामीले लगातार ७ बर्षको प्रेम सम्बन्ध पछि बिबाह गरेका थियौँ।

प्रेम सम्बन्धमा रहँदा जागिरमा जोडिएर आम्दानी आउने भएपछि मात्र बिहे गरौला भन्ने हाम्रो समझदारी भएको थियो।उक्त सहमतिका आधारमा पछि बिहे गर्यौ।अहिले हाम्रो सम्बन्ध सुन जस्तै चम्किलो छ।बिबाह पछाडि बिबाद नआएको पनि हैन् तर हामिले निकै सोझपूर्ण तरिकाले असमझदारी हटाउने गर्थेउँ।

अहिले पनि यदाकदा भएमा हामी निकै छिटो समझदारीमा आउँछौ”। यहाँनीर के दर्शाउन खोजिएको छ भने माया वा प्रेम कतै सोझबुझपूर्ण हुन्छ भने कतै चिन्तनबिना क्षणिक रोमान्समा जोडिएको हुन्छ। प्रेमको आभास फरक अर्थमा होला।बुवा -आमा ,दाजुभाइ ,दिदिबहिनी वा साथिहरुलाई गर्ने माया फरक पाटोबाट जोडिएला।यद्यपि पुरुष र महिला वा बिपरित लिंगबिच हुने प्रेमलाइ प्रमुखताकासाथ जोड्न खोजिरहेका छौं।

कुनै प्रेम सम्बन्ध पबित्र र दिर्घकालीन हुन्छ्।एक अर्काको भावना,चिन्तन, बिचार र मन्थन मिलेपछि प्रेमले सार्थकता पाउने हो।दिर्घकालीन चिन्तन-मन्थनको बिचमा स्थापित प्रेमले बिबाहपछि पनि दुरुस्त गति लिन्छ।एक-अर्काको भावना र बिचारलाइ सम्मान गरिएका सम्बन्धले दुबै श्रीमान-श्रीमतिलाई खुशी तुल्याउँछ।सम्बन्ध दिगो र जीवन्त राख्न दुबै पक्षको भुमिका गहन हुन्छ, जहाँ एकले अर्कोलाइ माइनस गरेर हैन कि समानताका आधारमा गरिने ब्यबाहार महत्वपूर्ण हुन्छ।

आजभोलिका प्रेम सम्बन्ध धेरै जसो क्षणिक रोमान्समा गएर समाप्त हुने गरेको पनि पाईन्छ।बाल्य उमेरबाट जवानिमा रुपान्तरण हुँदै गर्दा चिन्तन,दृस्ठिकोण एवम् बिचारमा व्यापक भिन्नता हुन्छ।बाबु-आमाको न्यानो मायामा हुर्किएको बाल्यकाल जवानिमा प्रवेश गरिरहँदा पृथक प्रेमको अनुभूति गर्न मन लाग्छ।धेरै जसो प्रेम सम्बन्ध बिधालयमा सँगै अध्ययन गर्दा,एक-अर्काबिच हुने आकर्षण,भावना समान हुनेसँग प्रेम सम्बन्ध जोडिएका उदारहण छन्।

जवानी अबस्थामा प्रेमजालमा परिसकेपछि केवल अगाडि उसको माया,मायामा अँन्कुरिएका हासो,बोली, मुस्कान र तस्बिर झलझल आउने गर्दछन्।भबिस्यमा गएर जीवन सबल हुन्छ वा हुँदैन,आफू सक्षम छु वा छैन,आर्थिक अबस्था मजबुत छ कि छैन त्यो हेक्का कमै मात्रामा हुन्छ। प्रेम सम्बन्ध अँन्कुरिदै गर्दा केवल उसैसँग बाच्न पाए हुन्थ्यो ,हास्न पाए हुन्थ्यो,रमाइलो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।जब प्रेमजोडीहरु एक-अर्का बिना बाच्न नसक्ने बाचा-बन्धनमा बादिन्छ्न्,त्यो मायाको लहडले बिहे बन्धनमा बाधिने निर्णय गर्दछन्।

उनिहरुलाइ बिबाह बन्धनमा बाँधिदै गर्दा घरमा बुवा-आमा,दाजुभाइ कसैको सहमती आबशयक ठान्दैनन्।मायाका अगाडि अरु बिषय गौण हुन पुग्दछन्।लहड्मा बिबाह गरिसकेपछि मात्र एक-अर्काको कमजोरी महसुस हुन्छ।सम्बन्धमा बाधिएपछि आर्थिक बिषय टडकारो हुन्छ। बुवा -आमा वा दाजुभाइले कतिसम्म आर्थिक व्यबहार थाम्दिने!त्यो सधैं सम्भव हुने बिषय पनि रहेन। केटाकेटी दुबैको आम्दानीको श्रोत नभएको अबस्थामा दुबै पछुताउन सुरु गर्छन्।

मानौ तिनीहरुहरुलाई कसैले जबर्जस्ती बिहे मण्डपमा घुमाएको जस्तो भ्रम पैदा हुन्छ।अर्कोतर्फ बिबाहपूर्व उचित लाग्ने आनिबानी बिबाहपछि अनौठो लाग्न थाल्छ।त्यँही बोली,त्यँही मुस्कानमा गासिएको प्रेम सम्बन्ध श्रीमान-श्रीमती भएपछी तितो लाग्न थाल्छ।कोहि अरु बेक्तीसँग बोलेपनी शंका पैदा हुन्छ, जहाँ फेरि अर्कैसँग जाने होकि भन्ने आशंकाले पिरोल्न थाल्छ।एक -अर्काको कुराकानी पल-पलमा मजाक बन्न पुग्छ।

युवायुवतीहरु आवेग र जोसमा क्रिया गरेर हतारमा बिहे,फुर्सदमा पछुतो भन्ने चरितार्थलाई अगाल्नु भन्दा गहन अध्ययन र विश्लेषण गरेर बिबाह बन्धनमा बाधिनु मनासिब देखिन्छ।सम्बन्ध दुखद अन्त्य हैन कि सुखद एवम् जीवन्त बनाउन दुबै पक्ष सचेत हुन जरुरी छ। भैपरी श्रीजना हुने तिक्ततापूर्ण भाब र मन्थनलाई एक-अर्काबिच समझदारीमा गाठो फुकाउने यत्न गरे पछि पश्याताप गर्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु