गृहपृष्ठ सम्बादाता अधिकारी महिला समाज पोर्चुगलको महासचिवमा चयन
सम्बादाता अधिकारी महिला समाज पोर्चुगलको महासचिवमा चयन

नमूना नेपालकी सम्बादाता एवं जुझारु महिला शान्ती अर्याल अधिकारी नेपाली महिला समाज पोर्चुगलको महासचिवमा निर्वाचित भएकी छन्।
पोर्चुगलमा छोटो समयमै चर्चा कमाउन सफल अधिकारी समाजका गतिविधिमा निकै सक्रिय भएको पाइन्छ।उनको सक्रियता साहित्य,पत्रकारीता लगायत समाजका हरेक क्रियाकलापमा अब्बल रहेको छ।
पोर्चुगलको नेपाली जनसमुदायमा लोकप्रिय महिला अधिकारीलाई आइतबार सम्पन्न समाजको अधिवेशनले महासचिवमा सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित अधिकारीलाई नमूना नेपाल परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौं।