Covid-19
City Express

सरकारद्वारा लकडाउनको अवधी थप गर्ने निर्णय

विस्वभर कोरोना संक्रमणको महामारी फैलिरहेको अबस्थालाई मध्यनजर गर्दै सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो।

नेपालमा थप संक्रमण हुन नदिन लकडाउनको अवधी बढाइएको सूचना तथा संचार मन्त्री युवराज खतिवडाले जानकारी दिए।


यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु