गृहपृष्ठ सर्जक तथा गायक नरेश खातिको गीत परान पियाराले चर्चा बटुल्दै
सर्जक तथा गायक नरेश खातिको गीत परान पियाराले चर्चा बटुल्दै

लोकप्रिय सर्जक एवं गायक नरेश खातिको गीत परान पियाराले दर्शकमाझ चर्चा बटुल्दै गएको छ।
एक अर्काप्रतिको माया,प्रेम ,आत्मियता र साथलाई गीतले पर्दामा उतारेको देखिन्छ।
अहिलेकी चर्चित नवगायिका सिम्रन परियार र नरेश खातिको आवाज रहेको गीतमा शब्द,संगीत पनि स्वयं गायक खातिकै रहेको छ।
अहिलेका चल्तिका निर्देशक क्रान्ती केसीले निर्देशन गरेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतको भिडियोमा कलाकारहरू उषा उप्रेती ,नवराज शर्मा,योगेश थापा र स्वयं गायक खातीले अभिनय गरेका छन्।
गीतको अफिसियल म्युजिक भिडियो नरेशमेक्सम खाती युट्युव च्यानलबाट बजारमा ल्याइएको छ।