२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ सर्वोच्चको आदेश :सांसद नभएका मन्त्रीको पुनः नियुक्ति तत्काल कार्यान्वयन नगर्नु

सर्वोच्चको आदेश :सांसद नभएका मन्त्रीको पुनः नियुक्ति तत्काल कार्यान्वयन नगर्नु

सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गर्दै गैरसांसद मन्त्रीहरुको पुन:र्नियुक्ति बदर गरेको छ।

विहीबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट यस्तो आदेश आएको हो।आदेशमा गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भनिएको छ।

सर्वोच्चको आदेशले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका ७ मन्त्रीको स्वत:खारेज भएको छ।

सर्वोच्चको यो फैसलासँगै गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दावा लामा पदमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु