गृहपृष्ठ सर्वोच्चको रडाको,आन्दोलनको बिषयमा न्यायाधीशहरुनै विभाजित
सर्वोच्चको रडाको,आन्दोलनको बिषयमा न्यायाधीशहरुनै विभाजित

इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन्।
सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन्।
छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् छन्।
बार उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताइन्। भोलि पुन: छलफल गर्ने समझदारी भएको उनले बताइन्।
न्यायालय शुद्धीकरणका लागि बार चार सातादेखि आन्दोलनमा छ। न्यायाधीशहरु पनि मुद्दा नहेरेर असहयोग आन्दोलनमा छन्।
आन्दोलनमा रहेको बार र न्यायाधीशबीच सोमबारदेखि छलफल प्रारम्भ भएको हो। सोमबार नै प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेका छन्।