२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ सहृदयता अन्तरास्ट्रिय समितिको पोर्चुगल शाखा गठन, समितिको संयोजकमा पौड्याल चुनिए

सहृदयता अन्तरास्ट्रिय समितिको पोर्चुगल शाखा गठन, समितिको संयोजकमा पौड्याल चुनिए

नेपाली एकता दिवसको अवसर पारेर भर्चुअल भेला आयोजना गरी सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको तदर्थ समिति गठन गरिएको छ।
पोर्चुगलमा कर्मथलो बनाउदै आएका नेपाली युवाहरूको सहभागीतामा उक्त सस्था गठन गरिएको हो।मौलिक संस्कार संस्कृति, कला, साहित्य र नेपालीत्वलाई प्रवासमा थप सशक्त बनाउने उद्देश्यकासाथ समिति गठन गरिएको बताइएको छ।

गठित समितिको संयोजकमा छवि पौड्याल, उप संयोजकमा बिष्णु पौडेल, सचिवमा संजिव शाह, कोषाध्यक्षमा शुदास अधिकारी, सदस्यहरुमा भिमकान्त पौडेल, यामलाल चालिसे, प्रेम वलि, रमेश बुढाथोकी, मनोज मगर, प्रवेश घिमिरे, राकेश बिष्ट, हेमराज जैसि, निलम माइला गुरुङ र आशिष पौडेल सर्वसम्मत चयन भएका छन्।

भेलामा सहभागीहरुले पृथ्वीनारायण शाहले गरेको रास्ट्रिय एकताको बारेमा चर्चा गरिनुको साथै हामी रास्ट्रिय सिद्धान्त, स्थिति गत्यात्मक प्रगतिवाद र आधारशिला चतुष्टय “विज्ञानको बुद्धि ,प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयताको सम्बन्ध” लाई आत्मसाथ गरि वैश्विक सहृदयता स्थापनाको लागि यथासम्भव लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

सहृदयता अन्तर्राष्ट्रिय जस्तो विशिष्टिकृत संस्थामा रहँदा आफू रहेको देश, काल ,परिस्थिति र स्थानीय अनुसार हाम्रा जन प्रती सधै सकारात्मक रहि सहयोग, सद्भाव र समन्वयमा जोड दिने कुरा नव गठित समितिका संयोजक छवि पौड्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु