गृहपृष्ठ साइप्रसमा एक नेपालीको छुरा प्रहार गरी हत्या
साइप्रसमा एक नेपालीको छुरा प्रहार गरी हत्या

साइप्रसमा एक नेपालीले अर्को नेपालीको हत्या गरेका छन्।दुवै बीच विवादका क्रममा एकले अर्को साथीलाई छुरा प्रहार गरी हत्या गरेको बताइएको छ।
दुवै जना एउटै रुममा बस्ने गरेका थिए भने मदिरा सेवन गर्ने क्रममा भनाभन हुँदा उक्त घटना हुन पुगेको प्रत्यक्ष दर्शिले बताएका छन्।
योजनाबद्ध थियो वा अचानक भएको हो भन्ने सन्दर्भमा वृस्तृत अनुसन्धान भैरहेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ।