२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ साउथसुपरस्टार रजनिकान्त र ऐश्वर्या किन पुगे सम्बन्ध विच्छेदको निर्णयमा !

साउथसुपरस्टार रजनिकान्त र ऐश्वर्या किन पुगे सम्बन्ध विच्छेदको निर्णयमा !

साउथ सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याले १८ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याउने निर्णय गरेका छन्। सामाजिक सञ्जालमार्फत् दुवैले आफूहरु अलग भएको जानकारी दिएका हुन्।

उनीहरुले सन् २००४ मा विवाह गरेका थिए। विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन्। उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो।

साउथमा आदर्श जोडी मानिने धनुष र ऐश्वर्याको सम्बन्ध विच्छेद हुनुमा दुईवटा कारण मुख्य मानिएको छ। पहिलो, अभिनेत्रीहरुसँग धनुषको नाम जोडिरहनु र दोस्रो, ऐश्वर्याको निर्देशकको रुपमा करिअर नबन्नु। यी दुई कारणले यो जोडीले विवाहको १८ वर्षपछि अलगिने निर्णय गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन्।

सन् २०१९ देखि उनीहरुको एक-अर्कासँग सम्बन्ध राम्रो थिएन।साउथ फिल्मसँग जोडिएका व्यक्तिहरु धनुषको विभिन्न अभिनेत्रीहरुसँग नाम जोडिनु डिभोर्सको मुख्य कारण मान्दछन्।

उनीसँग नाम जोडिने अभिनेत्रीहरुमा अमाला पल, श्रुति हासन र तृषा कृष्णनको नाम सबैभन्दा अगाडि आउँछ। पटक-पटक धनुषको नाम आफ्नै फिल्मकी अभिनेत्रीहरुसँग जोडिएपछि ऐश्वर्यासँग उनको मनमुटाव चर्किन थालेको दैनिक भाष्करले उल्लेख गरेको छ।

रजनीकान्तकी छोरी हुनुको बावजूद पनि ऐश्वर्यालाई साउथ इन्डस्ट्रीमा काम मिल्न सकस छ। पहिलो फिल्म ‘तीन’ पछि उनीसँग कुनै काम छैन। यो फिल्ममा श्रुति हासन र धनुषको मुख्य भूमिका थियो। तर, फिल्म बक्सअफिसमा चलेन।

‘तीन’ पछि फिचर फिल्मबाट अफर नआउँदा उनले केही सर्ट फिल्म र डकुमेन्ट्रीमा काम गरेकी थिइन्। तर, यसबाट पनि उनलाई सफलता मिलेन।

साउथमा आफ्नो भविष्य नदेखेपछि ऐश्वर्या अहिले बलिउडको चक्कर काटिरहेकी छिन्। यसैले उनी अब बलिउड फिल्ममा भविष्य बनाउन मुम्बईमा बस्ने सोचमा छिन्। तर, धनुष भने ऐश्वर्याको मुम्बई बस्ने निर्णयको विपक्षमा छन्।

यसले गर्दा पनि उनीहरुको सम्बन्ध टुटेको चर्चा छ। फिल्ममा धनुषको बढ्दो व्यस्तता पनि उनीहरुको डिभोर्स हुनुको एउटा महत्त्वपूर्ण कारण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु