२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ साउदी अरबले हजमा सहभागी हुन ठुलो संख्यामा वृद्धि गर्यो, १० लाखलाई सहभागी हुन अनुमति दिने

साउदी अरबले हजमा सहभागी हुन ठुलो संख्यामा वृद्धि गर्यो, १० लाखलाई सहभागी हुन अनुमति दिने

साउदी अरबले यस वर्ष देशभित्र र बाहिरका १० लाख मुस्लिमलाई हजमा सहभागी हुन दिने भएको छ। कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि यो संख्या निकै कम थियो तर यसपटक यो संख्यामा ठूलो वृद्धि गरिने भएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार साउदी अरेबियाको हज मन्त्रालयले भनेको छ, ‘यसवर्ष स्वदेशी तथा विदेशी १० लाख मानिसलाई हज गर्न अनुमति दिइएको छ।


इस्लाम धर्ममा हजलाई धेरै महत्त्वपूर्ण मानिन्छ। यो विश्वको सबैभन्दा ठूलो धार्मिक सभाहरू मध्ये एक हो। सन् २०१९ मा २५ लाखले हज गरेका थिए।

तर सन् २०२० मा कोरोना भाइरसको महामारी सुरु भएपछि साउदी अधिकारीले १ हजार जनालाई मात्रै यसमा सहभागी हुन अनुमति दिएको थियो । अर्को वर्ष चिट्ठाबाट छनोट भएका ६० हजार व्यक्तिलाई पूर्ण खोप लगाएर हज गर्न अनुमति दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु