२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय

सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय

Newly set up Office of Chief Minister and Council of Ministers, in Butwal, on Friday, February 2, 2018. Photo: THT

बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग०का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीमध्ये एकलतर्फ स्वर्णपदक बिजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको उद्योग वन तथा पर्यटन मन्त्री लिला गिरीले जानकारी दिए ।

बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्ने गर्नेछ ।

बैठकले कृषि क्षेत्रमा कृषि स्वयमसेवक नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै विपद प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु