२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ साना जलविद्युत आयोजनालाई विशेष कर्जा दिने

साना जलविद्युत आयोजनालाई विशेष कर्जा दिने

लामो समयदेखि ऊर्जा उद्यमीले माग गर्दै आएको विशेष पुनर्कर्जाको मागलाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले ऊर्जा उद्यमीको माग सम्बोधन गरेको हो। पछिल्लो व्यवस्थाअनुसार कूल १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले अब विशेष पुनर्कर्जा पाउने भएका छन्।

कोरोनालगायत कारण साना तथा लघु आयोजना समस्यामा परेको भन्दै विशेष पुनर्कर्जाको माग गर्दै आएका थिए। रुग्ण जलविद्युत् आयोजनालाई राहत दिनुपर्ने उनीहरूको भनाइ थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)ले रुग्ण जलविद्युत् आयोजनालाई राहत दिन विद्युत नियमन आयोगमार्फत केन्द्रिय बैंकलाई आग्रह गर्दै आएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जाको पहुँच पु¥याउन लागिएको बताउनुभयो ।

साना जलविद्युत् आयोजनाले पुनर्कर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए। यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत हुने विश्वास लिइएको छ। यस्तै केन्द्रीय बैंकका अनुसार गत पुस मसान्तसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरूको कम्तीमा एक शाखा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु