गृहपृष्ठ सामाजिक अभियान्ता दाबी गर्ने ज्वाला सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्ने अनुमति
सामाजिक अभियान्ता दाबी गर्ने ज्वाला सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्ने अनुमति

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहका दुई जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ।
जिल्ला प्रशासनले कार्यालय काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले बताए। संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका थिए।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो।