२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ साहित्यकार चाम्लिङका २ मर्मस्पर्शी मुक्तक

साहित्यकार चाम्लिङका २ मर्मस्पर्शी मुक्तक


१).बाँसको टुप्पो जस्तो हामीले झुक्न हुन्न कदापि
खहरेको पानी जस्तो हामीले सुक्न हुन्न कदापि
कठीन परिस्थितिमा पनि यात्रा जारी राख्नुपर्छ
ब्याट्री सकिएको घडी जस्तो रूक्न हुन्न कदापि

२).जिन्दगीमा चोट लागे खाटो आफै बन्दैजान्छ
मेहेनत गरे सफलताको पाटो आफै बन्दैजान्छ
अन्धभक्त भई कसैको मुख ताकेर बस्न पर्दैन
लक्ष्य बोकी अगाडि बढे बाटो आफै बन्दैजान्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु