गृहपृष्ठ सिद्धवावा सुरुङ निर्माणका लागि औपचारिकरुपमा टेण्डर आव्हान,अर्थमन्त्रीद्वारा खुशी व्यक्त
सिद्धवावा सुरुङ निर्माणका लागि औपचारिकरुपमा टेण्डर आव्हान,अर्थमन्त्रीद्वारा खुशी व्यक्त

सरकारले सिद्धवावा सुरुङ निर्माणका लागि औपचारिकरुपमै टेण्डर आव्हान गरेको छ।सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खन्डको लागि विगतदेखीनै सुरुङ निर्माणको चर्चा चलिरहेको थियो भने हाल आएर उक्त बिषयले औपचारिकता पाएको छ।
नेपाल सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयले ४५ दिने सूचना प्रकाशित गर्दै टेण्डर आव्हान गरेको हो।उक्त समय भित्र वैध कम्पनीले दर्खास्त दिनु पर्ने छ।यो टेण्डर प्रकाशित भएपछि आम सर्वसाधारणमा एक किसिमको खुशीयाली छाएको छ।
हरेक बर्ष यस खण्डमा पहिरो कारण धेरै मानिसले ज्यान गुमाउदै आएका थिए।अत्यन्तै जोखिम मोलेर यात्रा गर्नुपर्ने भएका कारण पनि सुरुङ अनिवार्य जस्तै भएको थियो।
अब छिट्टै सुरुङ बनेर सुरक्षित यात्रा गर्न पाइने भन्दै सवारीचालकहरुले पनि खुशी व्यक्त गरेका छन्।आजै नेपाल सरकारका अर्थमन्त्री विस्णु पौडेलले पनि सामाजिक संजाल मार्फत खुशी व्यक्त गर्दै सुरुङ निर्माण कार्य समयमै हुने विश्वास व्यक्त गरेका छन्।